शुक्रबार, बैशाख ७, २०८१

साताव्यापी स्वास्थ्योपचार पछि प्रम ओली स्वदेश फिर्ता

काठमाडौ साउन २७,   नियममित स्वास्थ्य परीक्षणका लागि गत साउन १८ गते सिङ्गापुर जानु भएका प्रधानमन्त्री केपी ओली सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गरी आज अपराह्न स्वदेश फर्किनुभएको छ ।

स्वदेश फर्कर्ने क्रममा प्रम ओलीलाइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेकपाका महासचिव विष्णुप्रसाद पौडेललगायतले स्वागत गर्नु भएको थियो ।

प्रधानमन्त्री ओलीले नेशनल युनिभर्सिटी हस्पिटलमा साताव्यापी स्वास्थ्योपचार गर्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु