शुक्रबार, चैत्र १६, २०८०

सर्वोच्चद्दारा ३८ क्विन्टल सुन तस्करी र शाक्य हत्या प्रकरणमा गोल्यानलाइ १० लाख धरौटीमा छाड्न आदेश

बाँकी २८ प्रतिवादीको हकमा जिल्ला अदालत मोरङ र विराटनगर उच्च अदालतको निर्णय सदर

काठमाडौ साउन १७ , सर्वोच्च अदालतका न्यायाधीशद्दय अनिल सिन्हा र सुष्मालता माथेमाको ईजलासले बहुचर्चित ३८ क्विन्टल सुन तस्करी एवम र सनम शाक्य हत्या प्रकरणमा मोरङ जिल्ला अदालत र विराटनगर उच्च अदालतले गरेको फैसला सदर गर्ने निर्णय सहित आरोपीहरुलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ ।

तर सोहि प्रकरणका महावीर गोल्यान लाइ भने १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिंदै अन्य प्रतिवादीहरुको हकमा मोरङ जिल्ला अदालत र विराटनगर उच्च अदालतले गरेको फैसला सदर गर्ने निर्णय गरेको छ ।

सर्वोच्चको प्रस्तुत आदेश संगै बाँकी प्रतिवादीहरु डिएसपी सञ्जयबहादुर राउत, रामकुमार तिवारी, गोविन्दप्रसाद निरौला ,तुलाराम थारु, , राजन थापा, गोपालकुमार श्रेष्ठ, हेमन्त गौतम, सम्विरप्रसाद तोलाङ्गे, मदन सिलवाल,लगातका २८जना थुनामै रहने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।