शुक्रबार, बैशाख ७, २०८१

सर्वदलीय बैठकको निष्कर्ष: धमिलो पानीमा माछा मार्ने दाउमा रहेका शक्तिको तेजोवोध गर्न आवश्यक

काठमाडौ भाद्र ३, प्रधानमन्त्री केपी ओलीले आज आव्हान गर्नु भएको संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक दलको सर्वदलिय बैठकमा सहभागी दलका शीर्ष नेताले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि यो वा त्यो नाममा प्रहार भइरहेको निष्कर्षको पहिचान गर्दै यस किसिमको प्रहार विरुद्ध एकाकार भएर प्रतिकार गर्नुको विकल्प नभएको जनाउ दिएका छन ।

सत्तारुढ दल नेकपा, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहित संघीय समाजवादी पार्टी, राजपालगायतका दलका शीर्ष नेताहरु सहभागी बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र अरु दलका नेताहरुले पनि उपलब्धिहरु गुम्न नदिन एकताबद्ध हुने विषयमा नभइ व्यवाहारमा प्रतिबद्ध हुन आवश्यक रहेको बताउँनु भएको सत्तारुढदल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भएको छ ।

त्यस्तै बैठकमा प्रधानमन्त्री ओलीले मुलुक शान्ति प्रक्रियामा आइसकेको अवस्थामा पछिल्लो समय हुँदै आएको हिंसात्मक गतिविधि नियन्त्रणका लागि सहकार्य आवश्यक रहेको बताउँदै कुनैपनि अर्थमा हिंसात्मक गतिविधिलाई प्रोत्साहित गर्न नहुने जोड दिदै दीर्घकालिन शान्तिका लागिको लागि सवैले आआफ्नो स्थानबाट पहलमदमी दिन आवश्यक रहेको भन्दै धमिलो पानीमा माछामार्ने परिपञ्चमा रहेका शक्तिलाइ तेजोवोध गर्न आवश्यक रहेको बताउँनु बताईएको छ ।

सत्तारुढल नेकपा प्रमुख प्रतिपक्षीदल काँग्रेस राजपा, नेपाल समाजवादी पार्टीका नेताहरुको उपस्थिती रहेको बैठकमा दलका नेताहरुले प्रम ओलीले पछिल्ले चरणमा बैठकका लागि देखाउँनु भएको सदाशयता सकारात्मक रहेका बताउँदै शान्ति प्रक्रियाका बाँकी कार्यलाइ पुरा गर्न आवश्यक रहेको प्रधानमन्त्री ओलीले यसको लागि मुलत सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिहरूको छानविनसम्बन्धी आयोगलाइ पूर्णता दिदै संविधान , लोकतान्त्रिक गणतन्त्रलोकतन्त्र , सङ्घीय राज्य व्यवस्थामा सबै राजनीतिक दल इमान्दारितापूर्वक अगाडि बढ्ने सवालमा प्रतिबद्धता व्यक्त गरिएको बुझिएको छ । फोटो: प्रधानमन्त्रीको सचिवालय

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु