शुक्रबार, चैत्र १६, २०८०

समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं साउन १७ , सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीचको एकाकार पछि बनेको समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगको आज भएको बैठकले उक्त दल दर्ता गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।

समाजवादी पार्टीसँगै अव निर्वाचन अयोगमा दर्ता भएका राजनीतिक दलको सङ्ख्या १३१ पुगेको छ । यसअघि समाजवादी पार्टीले गत जेठ ३० गते आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो । समाजवादी पार्टीका २५ जना पदाधिकारीसहित ४३० जना केन्द्रीय सदस्य रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।