शुक्रबार, बैशाख १४, २०८१

सत्तारुढ दल, विपक्षीवीच नयाँ सहमतिवने संगै संसदको गतिरोध सुचारु

काठमाडौ साउन २०, लामो समय यतादेखि अवरुद्ध हुँदै आएको संसद बैठक सुभारु गर्ने सम्बन्धमा सभामुख कृष्णबहादुर महराको पहलमा आज भएको सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका बीचको बैठकले सहकार्य र एकताको मार्ग अख्तियार गर्ने सहमति कायम गरेको छ ।

सहमतिभएसंगै आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका सचेतक पुष्पा भुसालले काङ्ग्रेस संसद्लाई अवरोधगर्ने पक्षमा नरहेको तर सत्तापक्षको रवैयाका कारण संविधानको भावना विपरित आफुहरु संसद बैठक अवरुद्ध गर्न बाध्य भएको जनाउ दिदै काँग्रेस सदैव गतिशील संसदको पक्षमा रहेको बताउँनु भएको छ ।

त्यस्तै राजपाले आजको सहमतिले संसद्मा सिर्जना भएको समस्यालाई चमहना राख्ने हो भने वार्ता र संवादबाट सम्बोधन गर्न सकिने नजिर स्थापित भएको बताउँनु भएको छ । त्यस्तैगरि सत्तारुढदलका नेकपाका प्रमुख सचेतक देव गुरुङले सत्तारुढ र प्रतिपक्षीवीच आज भएको संवादपछि बनेको सहमतिले नयाँ आयामको विकास गरेको बताउँदै संसदीय मूल्य मान्यता अनुरुप विशेष समिति गठन गर्ने निर्णय भएको बताउँनु भएको छ ।

यसअघि विगत २६ दिनदेखि सर्लाही जिल्लामा घटेका अलग अलग तीन घटना तथा लाल अयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र राजपाले संसद् बैठक अवरुद्ध गर्दै आएका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।