बिहिबार, चैत्र १५, २०८०

सत्तारुढदल नेकपा भित्र चेनअफ कमाण्डलाइ दरिलो बनाउँने प्रयास, अनुशासन उल्लङ्घन गरे कारवाही हुँने

काठमाडौं भाद्र ९ सत्तारुढदल नेकपाको आज पार्टी अध्यक्ष प्रचण्डको अध्यक्षतामा पार्टी कार्यालय धूम्रबाराहीमा बसेको सचिवालय बैठकले पार्टीभित्रको चेनअफ कमाण्डलाइ चुस्त एवम दरिलो बनाउँन कुनै पनि विषय पार्टीभित्र नराखी सार्वजनिक रुपमा प्रचारबाजी गर्नेमाथि कारवाही गर्ने निर्णय गरेको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पछिल्लो समय नेकपाका केही जिम्मेवार नेतागणले सार्वजनिक रुपमै पार्टी र नेतृत्वका विरुद्धमा आलोचना गर्ने प्रवृति बढेसंगै बैठकले यस किसिमको अनुशासन उल्लङ्घन गर्नेलाई कारवाही गर्ने निर्णय गरेको जानकारी दिनु भएको छ ।

त्यस्तै प्रवक्ता श्रेष्ठले तत्कालीन नयाँ शक्ति पार्टी नेपाल र नेत्रविक्रम चन्द समूहबाट नेकपामा प्रवेश गरेकामध्ये ४ जनाक्रमस देवेन्द्र पराजुली, कल्पना धमला, पद्म राई र किरणलाइ केन्द्रीय सदस्यमा मनोनयन गरेको जानकारी दिनु भएके छ ।

त्यस्तै बैठकले जनवर्गीय सङ्गठन र विभागको इञ्चार्ज र सहइञ्चार्जमा केही हेरफेर समेत गरेको जानकारी दिदै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामनासमेत गरेको छ । बैठकमा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, कावा प्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णुप्रसाद पौडेल, सचिवालय सदस्य वामदेव गौतम, रामबहादुर थापा र प्रवक्ता श्रेष्ठलगायतको उपस्थिती रहेका जानकारी दिनु भएके छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।