शुक्रबार, बैशाख ७, २०८१

सत्तारुढदल नेकपाको साङ्गठनिक संरचनामा हेरफर , वरिष्ठ नेताको वरियतामा नेता खनाल

वरियताक्रममा नेता नेपालको असन्तुष्टि, जनवर्गीय संगठनका इञ्चार्ज र विशेष जिल्ला कमिटीको नेतृत्व चयन

काठमाडौ भाद्र १ , सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टीको आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टीको साङ्गठनिक संरचना अन्र्तगत नेताहरुको वरियता हेरफेर सहित जनसङ्गठनका इञ्चार्ज र विशेष जिल्ला कमिटीसहित विभिन्न कमिटीको नेतृत्व समेत चयन गरेको छ ।

बैठकले अध्यक्षद्वयपछिको वरियतामा नेता झलनाथ खनालको स्थान कायम गरिएको छ भने खनालपछि वरिष्ठ नेता माधवकुमार नेपाललाई राख्ने निर्णय गरेको छ । यद्यपी प्रस्तुत वरियताक्रममा नेता नेपालले ‘नोट अफ डिसेन्ट’ लेखेर आफ्नो असन्तुष्टि जनाएको बुझिएको छ

त्यस्तै बैठकले जनवर्गीय संगठनमा इञ्चार्ज र विशेष जिल्ला कमिटीसहित विभिन्न कमिटीको नेतृत्व चयन गर्ने क्रममा किसान महासंघमा बामदेव गौतमलाई इञ्चार्ज र सुनील मानन्धरलाई सहइञ्चार्ज बनाउने निर्णय भएको छ । त्यस्तै ट्रेड यूनियन महासंघको इञ्चार्जमा जयपुरी घर्ती र सहइञ्चार्जको जिम्मेवारी विनोद श्रेष्ठलाइ दिईएको छ ।

त्यस्तै बैठकले विभिन्न जनवर्गीय संगठन, सम्पर्क कमिटी र समितिहरुमा इञ्चार्ज र सहइञ्चार्ज समेत तोकेको छ । त्यस्तै बैठकपछि पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठले दिनु भएको जानकारी अनुसार उपत्यका विशेष जिल्ला कमिटीको इञ्जार्जमा लिलामणि पोखरेल, सहइन्चार्जमा भानुभक्त ढकाल र अरुण नेपाल, अध्यक्ष डा राजन भट्टराई र सचिव लेखनाथ न्यौपानेलाई जिम्मेवारी दिईएको छ भने जनसङ्गठनतर्फ ट्रेड युनियन महासङ्घको इञ्चार्ज जयपुरी घर्ती, सहइन्चार्ज विनोद श्रेष्ठ, अखिल नेपाल किसान महासङ्घको इन्चार्जमा वामदेव गौतम, सुनील मानन्धर, र अध्यक्षमा हरि पराजुलीलाई जिम्मेवारी दिईएको जानकारी दिनु भएको छ ।

युवा विद्यार्थी विशेष जिल्ला कमिटीमा इन्चार्ज माधव ढुङ्गेल, सहइन्चार्जमा कृष्ण केसी, अध्यक्ष रमेश मल्ल, सचिव सुनिता बराल, मजदूर विशेष जिल्ला कमिटीमा इन्चार्ज विना श्रेष्ठ, सहइन्चार्ज कुमार पौडेल र अध्यक्ष जगत सिंखडा, सचिवमा नरनाथ लुइँटेललाई त्यस्तै गरि अखिल नेपाल महिला सङ्गठनको इन्चार्जमा गोमा देवकोटा र सहइन्चार्जमा कमला रोका, राष्ट्रिय युवा सङ्घ नेपालको इन्चार्जमा महेश बस्नेत र सहइन्चार्जमा रामप्रसाद सापकोटा ‘दीपशिखा’, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको इन्चार्जमा हितमान शाक्य र सहइन्चार्ज विनोद ढकाल, नेपाल वुद्धिजीवी सङ्गठनको इन्चार्जमा अग्निप्रसाद सापकोटा र सहइन्चार्जमा टङ्क कार्की, पेशागत महासङ्घको इन्चार्जमा पम्फा भुषाल र सहइन्चार्ज विश्वनाथ प्याकुरेललाई जिम्मेवारी दिइएको प्रवक्ता श्रेष्टले जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।