शनिबार, बैशाख ८, २०८१

सत्तारुढदल नेकपाको सचिवालय बैठक आज पनि बस्दै

काठमाडौ भाद्र ५ , सत्तारुढदल नेकपाको सचिवालय बैठक आज पनि बस्ने भएको छ । बुधवार प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बसेको सचिवालय बैठकमा पार्टी एकता अन्र्तगत पार्टीको पोलिटब्युरो लगायत विभिन्न कमिटी गठनको सवालमा नितिगत निर्णय लिन आवश्यक तयारी नपुगको भन्दै आजकोलागि बैठक स्थगन गरिएको थियो

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बुधवार निर्णय हुन नसकेका प्रस्तावित एजेन्दामा आजको बैठकले निर्णय गर्ने तयारी रहेको जानकारी दिनु भएको छ ।

त्यस्तै यसअघिको पार्टीको वरिष्ठ नेता एवम जनवर्गीय सङ्गठनको इञ्चार्ज चयनको क्रममा विमति प्रकट गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेता माधवकुमार नेपालले दर्ता गराउनुभएका असहमति सहितको फकर मतउपर समेत छलफल गर्दै टुङ्गो लगाउने तयारी भएपनि आजै प्रम केपी ओली स्वास्थ्योपचारका लागि सिङ्गापुर जाने कार्यक्रम रहेका कारण आजको बैठकले प्रस्तावित एजेन्दामा नितिगत निर्णय गर्ने संभावना निकै कम रहेको सम्वद्ध स्रोतले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।