शनिबार, बैशाख ८, २०८१

सत्तारुढदल नेकपाको सचिवालय बैठक आइतबार

काठमाडौ साउन ३२,  सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टीको आएतवार बस्ने सचिवालय बैठकले पार्टी एकताको बाँकी कामलाइ पूर्णता दिने भएको छ । यसअघि शनिवार बैठक बस्ने भनिएपनि र एकताका बाँकी कार्य पूरा गर्नका लागि थप छलफल गर्नुपर्ने भएकोले आजको बैठक आइतवारक लागि सारिएको बताईएको छ । यसअघि नेकपाले शुक्रबार ३२ केन्द्रीय विभागको जिम्मेवारी बाँडफाँड गरेको थियो ।

त्यस्तै पोलिटब्युरो गठन, जनवर्गीय सङ्गठन अनुुशासन आयोग, लेखा आयोग, राष्ट्रिय परिषद् सदस्य गठनलगायतका विषयमा छलफल सहित नितिगत निर्णय गर्नका लागि आइतबार दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले निर्णय सहित कार्यविभाजन गर्ने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।