बिहिबार, बैशाख १३, २०८१

सञ्चारमन्त्री बाँस्कोटाले भने – संविधान दिवसका दिन तास खेल्न, पिकनिक जान, गलफ्रेण्ड र ब्वाइफ्रेण्ड भेट्न विदा दिएको होइन

संविधान दिवस भव्यताका साथ मनाउनका लागि आ-आफ्नो स्थानबाट योगदान दिन  आग्रह

काठमाडौं भाद्र ११, सञ्चारमन्त्री गोकुल बाँस्कोटाले संविधान दिवस भव्यताका साथ मनाउनका लागि  राष्ट्रसेवक कर्मचारी, सरकारी संघ संस्था, निजी क्षेत्रका संघ संस्था लगायत सबै वर्ग र क्षेत्रले   आ-आफ्नो स्थानबाट योगदान दिन  आग्रह गर्नु भएको छ ।  

   संविधान दिवस मूल समारोह समिति अन्तर्गतको प्रचार प्रशार उपसिमितिका संयोजक  समेत  रहनु भएका   सञ्चारमन्त्री  बाँस्कोटाले  सञ्चार क्षेत्रसंग सम्बन्धित सबै सरोकारवालाहरुसंग आज  मन्त्रालयमा आयोजित छलफलको क्रममा दिवसलाइ दिवसको रुपमा र कर्मकाण्डी भइ मनाउँनु भन्दा पनि हर्षोल्लास   तथा    सिर्जनात्मक प्रारुपमा मनाउँन आवश्यक रहेको  जनाउ दिदै यस्तो आग्रह गर्नु भएको  हो  ।

साथै उहाँले  संविधान दिवसको दिन सरकारले तास खेल्नका पिकनिक खान, गलफ्रेण्ड लिएर हिँड्नका निम्ति, ब्वाइफ्रेण्डलाई भेट्न जानका निम्ति नभइ दिवसलाइ भव्यताका साथ मनाउनका लागि सार्वजनिक विदा दिएको बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।