शनिबार, बैशाख ८, २०८१

संस्थाको गरिमामा आँच आउँने कुनै पनि गतिविढी किमार्थ अस्विकार्य-महासचिव भण्डारी

महासंघमा मौलाउँदो विवाद :

काठमाडौं भाद्र १ , विश्व हिन्दू महासंघले मुखरित गर्दै आएको एजेन्दाबाट अत्तालिएका केहि दृष्य र अदृश्य शक्ति महासंघ फुटाउँदै महासंघ कब्जा गर्ने प्रयासमा लागि परेको समाचार प्राप्त भएको छ ।  पछिल्लो समय निक्ष शमशेर राणा समूहले संस्थाको विधानविपरीत यो वा त्यो नाममा महासंघ कब्जाको प्रयास स्वरुप अनेकन अराजक गतिविढी गर्दै आएको संस्थापन पक्षलाइ उदृत गर्दै समाचार स्रोतले जनाएको छ। यसैको सेरोफेरोमा केहि दिन अघि संस्थाका कोषाध्यक्ष श्यामसुन्दर क्षेत्रीमाथि बाँसबारीस्थित महासंघको मुख्यालयमा हुलहुज्जत गर्ने जस्ता क्रियाकलाप समेत भएको बताईएको छ ।

यसै क्रममा संस्थाकी महासचिव अस्मिता भण्डारीसंग हाम्रा सहकर्मीले जानकारी माग गर्दा उहाँले प्रस्तुत घटनाक्रमको विषयमा आफूले जानकारी पाएसंगै घटनाक्रमको सवालमा विश्वहिन्दू महासंघ जस्तो साझा संस्थामा संस्थागत नम्स र भ्यालु अन्र्तगत काम गर्नुपर्नेमा जोड दिदै संस्थामा कुनैपनि कोणबाट अराजकतालाइ प्रशय दिनु नहुँने र यसको लागि आफुले संवाद र सहमतिको प्रयास गरिरहेको बताइन्।

साथै उहाँले संस्थाको मर्यादा र विधानविपरीत कोहि पनि नजानेमा आफू विश्वस्त रहेको बताउँदै संस्थाको गरिमामा आँच आउँने काम कोहि कसैले गर्छ भने   त्यस्ता  कार्य किमार्थ स्वीकार्य हुन नसक्ने बताइन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।