बुधबार, बैशाख १२, २०८१

संरक्षक सदस्य झाको निधन

काठमाडौं साउन २२, उपत्यका अल्पसख्यक रैथाने तिहुते ब्राम्हणहरुको साझा संस्था तिरहुते ब्राम्हण सेवा समितिका संरक्षक सदस्य दिवारकलाल झाको गएराती ७१ वर्षको उमेरमा असामयिक निधन भएको छ । समितिका संरक्षक सदस्य झाको निधनले समितिको विकास परिपथमाअपुरणिय क्षति पुगेको समितिका सचिव अमृत मिश्रद्दारा जारी  विज्ञप्तिमा  उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा मृतआत्मको चिरशान्तिको कामना गर्दै शोकको यस दु:खद घडिमा शोकसन्तप्त परिवारजन प्रति धैर्यधारण गर्न सक्ने शक्ति इश्वरले प्रदान गरोस भन्ने कामना गरिएको छ । स्व: झाको आजै पशुपतिआर्यघाटमा अन्त्येष्टि गरिने बताईएको छ । उहाँको श्रीमती दुइ छोरा र एक छोरी रहेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।