शुक्रबार, चैत्र १६, २०८०

वर्ष ०७६को संविधान दिवस असोज २ देखि ४ गतेसम्म झण्डामय प्रारुपमा मनाइने

काठमाडौ भाद्र ४  संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षाेल्लासका साथ मनाऔँ, घरघरमा राष्ट्रिय झण्डा फहराऔँ’ भन्ने नारा सहित आगामी असोजको २ देखि ४ गतेसम्म ३ दिने संविधान तथा राष्ट्रिय दिवस २०७६ मनाइने भएको छ ।

दिवस मनाउँन आज गृहमन्त्रलायमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा ३८ सदस्यीय मूल समारोह समिति समेत गठन गरिएको छ । गठित समिति मार्फत सरकारले यसपटक नेपाली एकताको प्रतीक नेपालको राष्ट्रिय झण्डालाई उच्च प्राथमिकतामा राख्दै सरकारले यसपटकको संविधान तथा राष्ट्रिय दिवस झण्डामय प्रारुपमा मनाउने नितिगत निर्णय समेत गरेको छ ।

चन्द्र सूर्य अङ्कित नेपालको झण्डा ¥यालीमा सहभागी हुन सबै कर्मचारीलाई आग्रह समेत गरेको छ । त्यस्तै स्कुल तथा क्याम्पसमा समेत राष्ट्रिय झण्डा तथा राष्ट्रभक्तिको विषयमा कविता, वक्तृत्वकला हाजिरिजवाफ प्रतियोगिता सञ्चालन गर्न, सार्वजनिक चोकमा राष्ट्रिय गान तथा राष्ट्रभक्तिका गीत, कन्सर्ट आयोजना गरी महोत्सव गर्ने व्यवस्था मिलाउन मूल समारोह समितिले आह्वान गरेको छ ।

यस्तै असोज ३ गते भने सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सम्पन्न हुने विशेष कार्यक्रममा सङ्घ, प्रदेश र स्थानीय तहका सबै सरकारी कर्मचारीहरू राष्ट्रिय पोशाकमा झण्डासहितको -यालीमा सहभागी भइ झण्डा प्रदर्शन गर्न समेत भनिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।