शुक्रबार, चैत्र १६, २०८०

लालीगुराँस बहुउद्देश्यीय सहकारीमा कार्यकारी निर्देशक भण्डारीको श्रृखलागत आर्थिक ब्रम्हलुट

 सहकारीका ऋणी र बचतकर्ताको विचल्ली,  राज्यका सरोकारवाला निकाय मौन

काठमाडौं साउन १८,  मुलुकको अर्थतन्त्रको एक मजवुत आधार मानिएको सहकारीको विश्वसनियता माथिनै प्रहार गर्दै ललितपुरमा कार्यालय रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले सहकारी बचत बचतकर्ताको जायजेठा , बचत निक्षेप माथि ब्रम्हलुट गर्दै दर्जनौको सख्यामा त्यसका सहकारीका ऋणी र बचतकर्ता सदस्यको आर्थिक अपचल गर्दै आएको समाचार प्राप्त भएको छ ।

यहाँ सम्मकी सहकारीका कार्यकारी निर्देशक भण्डारीले राज्यका कानुन र नियमन गर्ने निकायलाई नै चुनौती दिंदै लालीगुराँस समुहकै लगानी रहेको, श्री लालीगुराँस एजुकेशन फाउन्डेशन, जय लालीगुराँस इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ सेन्टर, लालीगुराँस हस्पिटल प्राली, श्री लालीगुराँस जनस्वास्थ्यलगायत दर्जनौँ कम्पनीमा सहकारीले करोडौं खराव ऋण प्रवाह गर्नेमात्र नभएर बचत कर्ताको ऋण जमानतमा रहेको जग्गा जमिन समेत किर्ते कागजात बनाउादै रातारात आफ्नो नाममा नामसारी गर्ने जस्ता भूमाफियाको अराजकता समेत प्रदर्शन गर्दै आएको समाचार स्रोतले जनाएको छ ।

त्यस्तैसोहि सहकारीका ऋणी एवम बचतकर्ता केशव पुरी, शितल खत्री लगायत दुइ दर्जन भन्दा बढि व्यक्तिको जग्गा जमीन धितो जमानी राखी प्रवाह गरिएको ऋण तिर्न जाँदा समेत धितो जमानीमा राखेको जग्गाजमिन कब्जा गर्ने जस्ता बदनियt भन्दा महा वदनियत आथिर्क अपराध गर्दै सहकारीका सदस्य वृतमा आर्थिक अपराधको ताण्डव नाच्दै आएको बताईएको छ ।

त्यस्तै पिडित सहकारी सदस्य जमातले   कार्यकारी निर्देशक भण्डारीले सहकारीका सर्वसाधरणको शेयर र हजारौँ सर्वसाधरणको डिपोजिट पुँजीमा प्रमुख कार्यकारी निर्देशक भण्डारीले विभिन्न धन्दा चलाइरहेका छन् । उनले आफन्तको नाममा ऋण लिने र ब्याज मिनाहा मात्रै गर्ने गरेका छैनन् । त्यही पैसा जग्गामा लगानी समेत गर्ने गरेको पिडितहरुको भनाइ रहेको छ ।  यद्यपी राज्यका नियमक निकाय नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सहकारी विभाग, सहकारी तथा गरि वीमन्त्रालय, राष्ट्र बैंकलगायत दर्जनौं नियमक निकायमा उजुरी दर्ता गरेपनि  निज भण्डारीमाथि कसैले कारबाही गर्ने आँट नगरेको  उनिहरुले बताए  ।

ओरियन्टल सहकारी पछि सर्वसाधारणा नागरिकको रगत पसिनाको कमाइमाथि अर्को आर्थिक अपराधको ताण्डव नाच्दै बानेश्वर स्थित शंखमुलसिथत लालीगुराँस मावि होस वा श्री लालीगुराँस एजुकेशन फाउन्डेशन ,जय श्री लालीगुराँस इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ प्राली,भैरव कुण्ड हाइड्रोपावर जस्ता अनेकन प्रोजेक्टको नाममा न्उून व्याजामा करौडौ लगानी संगै छद्म व्यक्तिको परिचय तयार गरि लाखौको ऋण प्रवाह गर्ने अनि जस्ता कार्य गर्दै आएको स्रोतले जनाएको छ ।  भण्डारीको प्रस्तुत हरकतका कारण सहकारी आवद्ध ऋणि रलबचत कर्ता भनेप्रताडित बन्दै आएको छ भने भण्डारी भने दिन दुइ गुणा मात्र नभएर १०औगुणाको रफ्तारमा आर्थिक अपराधका श्रृखलागत घोटाला तथा ब्रम्हलुटमा रमाउँदै बस्दा पनि नियमक निकायको मौन बस्नु थप आश्चर्यको विषय भएको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।