काठमाडौं भाद्र १२, नेपाल पत्रकार महासंघ, महिला समितिले तीज पर्वको अवसरमा आज महिला नेतृत्व र सञ्चार विषयक अन्तरक्रिया इवम् शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले राज्यले महिलाका निम्ति प्रदान गरेको हक अधिकारलाई सञ्चारमाध्यममार्फत उजागर गर्नुपर्ने धारणा अभिव्यक्त गर्दै महिलाको आवाज मुखरितका लागि सञ्चारका माध्यमले सहयोग गर्नु पर्ने बताउँनु भएको छ । साथै उहाँले त्यसअवसरमा राज्यलाई यथार्थ विषयमा झक्झक्याउन तथा जनतालाई सही सूचना दिनसमेत पत्रकारलाई आग्रह समेत गर्नु भएको छ ।
त्यस्तै कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले संविधानले व्यवस्था गरेको महिला अधिकारलाई स्थापित गर्न महिला पत्रकारको भूमिका महत्वपूर्ण रहने बताउँनु भएको छ । त्यस्तै पूर्व मन्त्री तथा समाजबादी पार्टीकी नेतृ हिसिला यमीले महिला गतिशिलताका आधारमा सबैभन्दा बढि क्रियाशिल महिला पत्रकारहरु नै रहेको भन्दै समाजमा रहेको विकृति विसंगतिलाई उजागर गर्न आवश्यक रहेको बताउँनु भएको उक्त कार्यक्रममा राष्ट्रियसभा सांसद धना खतिवडा , ३ नं प्रदेश समिति सांसद अञ्जली श्रेष्ठ, नेकपा केन्द्रीय समिति सदस्य रेणु चन्द, राष्ट्रिय प्रजातन्त्र पार्टिकी नेतृ मिना भेटवाल लगायतले आआफनो अभिमत प्रस्तुत गर्नु भएको थियो ।
नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष दिलीप थापामगरले संविधानले दिएको प्रेस स्वतन्त्रतासम्बन्धी अधिकार विपरीत सरकारले सञ्चारसम्बन्धी विधेयक ल्याएको भन्दै आपत्ति जनाउनुभयो । नेपाल पत्रकार महासङ्घ, महिला समिति संयोजक लक्ष्मी पुन, केन्द्रीय सदस्यद्वय सृजना अर्याल र जानुका बरालले महिला पत्रकारको क्षमता विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- गण्डकी प्रदेशसभाको अधिवेशन आव्हान ,विश्वासको मत लिने मुख्यमन्त्री अधिकारीको तयारी
- रास्वपाभित्रै उठ्यो सहकारीसम्बन्धी छानबिनको लागि समिति बनाउने आवाज
- आज र भोली देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
- मछिन्द्रनाथको रथारोहणपछि रथयात्रा सुरु
- आज भगवान रामचन्द्रको पूजाअर्चना सहित रामनवमी पर्व मनाइँदैं
- सहकारीमा प्रकरणमा संलग्नता नरहेको सामाजिक सञ्जालमार्फत गृहमन्त्री लामिछानेको प्रष्टोक्ति
- निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ: प्रधानमन्त्री
- सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख कार्यालयद्धारा पुनः आह्वान
- लोसपा सरकारबाट बाहिरियो, मुख्यमन्त्री यादवलाइ विस्वासको मत नदिने
- सेतो मछिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदै
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान