बिहिबार, बैशाख १३, २०८१

मेघगर्जन, हावाहुरी र चट्याङ सहित भारी वर्षाको सम्भावना

काठमाडौ भाद्र ६ जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशका अधिकांश भू–भागमा मेघगर्जन, हावाहुरी र चट्याङ सहित वर्षाको सम्भावना रहेकोे जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा औसत स्थानभन्दा केही उत्तरतर्फ सरेकाले मध्य र पूर्वीका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । ।

त्यस्तै यसवीचमा शुक्रवार राति देशका पूर्वी भू–भागमा सामान्य बदली साथै मध्य तथा पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी भू–भागका केही स्थानका र पश्चिका केहि क्षेत्रमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको जनाइएको छ ।

साथै शनिबार देशभरि सामान्यदेखि पूर्ण बदली रही देशका अधिकांश स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना औल्याउँदै महाशाखाले आइतबार पनि देशका पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली र मध्य तथा पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली भई पश्चिमका केही स्थानमा र पूर्वका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै महाशाखाले आगामी २४ घण्टाको मौसमपूर्वानुमान जारी गर्दै देशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित वर्षा हुने सम्भावना रहेकाले मेघगर्जन÷चट्याङबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । साथै देशका एक–दुई स्थानमा भारी वर्षको सम्भावना रहेकाले जसले गर्दा चुरेबाट बहने खोलाको बहावमा आकस्मिक वृद्धि हुन सक्ने भन्दै महाशाखाले सचेत रहन अनुरोध गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।