बिहिबार, चैत्र १५, २०८०

मुख्य अधिकृत गिरिराज कोइरालाविरुद्ध घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौ भाद्र ८,  पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र सङ्काय डिनको कार्यालय विराटनगरमा कार्यरत मुख्य अधिकृत गिरिराज कोइरालाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अधिकृत कोइरालाले रु छ लाख ७५ हजार बराबरको घुस माग गरेको भन्ने आरोप लागेको छ । विद्यार्थीले जरीवानास्वरुप तिर्नु बुझाउनुपर्ने रकम मिलाइदिने भन्दै घुस मागेको पुष्टि भएको जनाउँदै निजसंग आयोगले बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गर्दै आज मुद्दा दायर गरेको हो

यस्तै आयोगले उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, कमवानपुरका अधिकृत चन्दनकुमार अमात्यविरुद्ध पनि आजै मुद्धा दायर गरेको छ । उद्योग दर्ताका लागि प्रारम्भिक वातावरणीय मूल्याङ्कन (आइइई) स्वीकृत गर्ने प्रयोजनाका लागि विभिन्न बहानामा रु ५० हजार घुस मागेको आरोपमा आयोगले जिलाइ पक्राउ गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।