शुक्रबार, चैत्र १६, २०८०

महिला चेम्बर र सनराइज बैंकबीच व्यापार साझेदारी सम्झौता

काठमाडौ साउन १६,  नेपाल महिला चेम्बर र सनराइज बैंक लिमिटेडबीच व्यापार साझेदारी सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठ र सनराइज बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले हस्ताक्षर गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै समाचारमा महिला उद्यमीलाई आत्मविश्वास अभिवृद्दिका लागि महिला चेम्बरमा आबद्ध महिला सदस्यलाई बैंकको तर्फबाट कर, लेखा र वित्तसम्बन्धी जानकारीका लागि विविध कार्यक्रम आयोजना गर्ने र महिला उद्यमीहरुको तर्फबाट बैकको व्यापार व्यवसाय सञ्चालनमा योगदान गर्ने सहमति भएको जनाएको छ ।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा कार्यक्रममा नेपाल महिला चेम्बरका अध्यक्ष श्रेष्ठ र सनराइज बैंकका कार्यकारी अधिकृत पौडेलले सम्झौताको मर्म र आवश्यकता माथि प्रकाश   पार्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।