शनिबार, बैशाख ८, २०८१

मनसुन पुनःसक्रियभएसंगै  फेरि भारी वर्षाको सम्भावना

काठमाडौ साउन २० जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले केही दिनदेखि निष्क्रिय रहेको मनसुन आजदेखि पुनःसक्रिय भएसंगै भारी वर्षाको संभावना औल्याएको छ ।

त्यस्तै महाशाखाले देशभर सामान्य तथा पूर्ण बदली हुनाका साथै तराईका धेरैजसो स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको र काठमाडौं उपत्यकामा समेत बदलीसंगै अपरान्ह भारी वर्षा भएको जनाएको छ ।

आज राति देशभर सामान्य बदली रही देशको पश्चिमी भागका केही स्थानमा तथा मध्य र पूर्वका एक– दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख गरेका छन । साथै मंंगलवार र बुधबार पनि भोलि देशभर बदलीसंगै वर्षाको सम्भावना रहेको जनाएको छ भने यसवीचमा पूर्व र पश्चिमी तराई तथा पहाडी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।