शुक्रबार, बैशाख ७, २०८१

मनसुनी रेखा नेपालतर्फ आउँने क्रम शुरुभएसंगै देशैभर बदली वर्षाको सम्भावना

काठमाडौ साउन १९, मौसम पूर्वानुमान महाशाखाले तराई भू–भाग भन्दा दक्षिणतिर अवस्थित रहेको मनसुनी न्यून चापीय रेखा नेपाल तर्फ सर्दै आउँने क्रम शनिवारबाट शुरुभएसंगै मनसुनी वर्षाको संभावना बढ्दो रहे पनि मनसुनी न्यून चापीय रेखा सोमवार सम्म नेपालसम्म आइपुग्ने संभावना रहेको जनाएको छ ।

यद्यपी उक्त मनसुनी न्यून चापीय रेखा नेपाल आइपुगेपनि क्रमिक रुपमा सक्रिय हुँदै जाने र त्यसपछि वर्षाको संभावनाले पूर्णता पाउँने जनाएको छ । साथै महाशाखाले मनसुनी न्यून चापीय रेखा नेपाल सर्ने क्रम सुरु भएकसंगै आज देशैभर आंशिकदेखि सामान्य बदली रही मेघगर्जनसहित वर्षाको सम्भावना रहेको रहेको जनाएको छ ।

त्यस्तै महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशका केही स्थानमा मेघगर्जन तथा चट्याङपर्ने सम्भावना रहेको र पहाडी भू–भागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रेहकाले सतर्कता अपाउन आग्रह समेत गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु