शुक्रबार, चैत्र १६, २०८०

भारतीय विदेशमन्त्री जयशंकर काठमाडौंमा

काठमाडौ भाद्र ४ नेपाल–भारत संयुक्त आयोगको ५औ बैठकमा भाग लिनको लागि भारतीय विदेशमन्त्री डा। एस। जयशंकर काठमाडौं आईपुगेका छन । विदेशमन्त्री डा जयशंकर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपालका परराष्ट्र सचिव शंकरदास बैरागी, नेपालका लागि भारतीय राजदुत मञ्जिभ सिंह पुरी, भारतका लागि नेपाली राजदुत निलाम्बर आचार्यले स्वागत गर्नुभएको  थियो ।

परराष्ट्र मन्त्रालयका अनुसार आज अपराह्नबाट राजधानीमा शुरु हुने बैठकमा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकनका साथै पारस्परिक सम्बन्धमा विश्वास अभिवृद्धिका लागि प्रयास हुने बताइको छ । त्यस्तै भारतीय विदेशमन्त्री जयशंकरले आजै प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम समेत रहेको मन्धालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।