शनिबार, बैशाख ८, २०८१

भाजपा नेत्री स्वराजको निधनमा काङ्ग्रेसद्वारा दुःख व्यक्त

काठमाडौ साउन २२, नेपाली काङ्ग्रेसले भारतीय जनता पार्टीकी नेत्री एवं भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधनमा दुःख व्यक्त गरेको छ । काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आज नेत्री स्वराजको निधनमा दुःख प्रकट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई छुट्टाछुट्टै समवेदना सन्देश पठाउनुभएको हो ।

सभापति देउवाले पठाउनुभएको सन्देशमा नेपाल र भारतबीचको सम्बन्धलाई सुदृढ बनाउन स्वर्गीय स्वराजले पु¥याउनुभएको योगदानको स्मरण गर्नुभएको छ । उहाँले स्वराजको असामयिक निधनप्रति दुःख प्रकट गर्दै भारत सरकार, भारतीय जनता पार्टीका सदस्य, स्वर्गीय स्वराजका परिवारका सदस्यसहित सम्पूर्ण भारतीय जनताप्रति गहिरो समवेदना प्रकट गर्नुभएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्दारा
जारी विज्ञप्तिमा उल्लेख गरिएको छ  ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।