बिहिबार, बैशाख १३, २०८१

बकर इदले राष्ट्रिय एकता र सामाजिक सद्भाव सुदृढ तुल्याओस्ः राष्ट्रपति

काठमाडौ साउन २७,  राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद (इदुल जोहा) का अवसरमा आज दिनु भएको शुभकामना सन्देशमा मुलुकको साझा साँस्कृतिकधरोहरका रूपमा रहेका असल परम्पराको संरक्षण तथा सम्बद्र्धनले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प हासिल गर्न मद्दत पुग्ने बताउनु भएको छ ।

त्यस्तै उहाँले प्रस्तुत पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व अभिवृद्धि गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिएको बताउँदै शुभकामना सन्देशमा बकर इदले राष्ट्रिय एकता र सामाजिक सद्भाव सुदृढ तुल्याउँदै दिगो शान्ति कायम राख्न सकोस् भन्ने शुभेक्षा प्रकट गर्नुभएको छ ।

यसैवीच उपराष्ट्रपति नन्दबहादुर पुनले पनि इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद–अल–अधा (बकर–इद)का अवसरमा शुभकमना अभिव्यक्त गर्दै विभिन्न चाडपर्वले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी मित्रतालाई सुदृढ पार्ने विश्वास व्यक्त गर्नुभएको छ । साथै उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त रहेको र विभिन्न समुदायका चाडबाड, रीतिरिवाज र धर्मसंस्कृतिले आपसी सहिष्णुता तथा राष्ट्रिय एकतालाई बलियो बनाएको उल्लेख गर्नुभएको छ ।

त्यस्तै प्रधानमन्त्री केपी ओलीले मुस्लिम समुदायको महत्वपूर्ण पर्व बकर इदका अवसरमा शुभकामना व्यक्त गर्दै सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूमा शुभकामना अभिव्यक्त गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।