शुक्रबार, चैत्र १६, २०८०

प्रेस युनियनको नवौं महाधिवेशनको मिति सार्वजनिक

काठमाडौं साउन २२, नेपाल प्रेस युनियनको केन्द्रीय सचिवालयको आज बसेको बैठकले युनियनको ९औं महाधिवेशनको मिति तय गरेको छ ।  आगामी मङ्सिर २८ र २९ गते महाधिवेशन गर्ने नितिगत सहमति कायम गर्दै महाधिवेशनको मिति सार्वजनिक गरिएको हो ।

त्यस्तै बैठकले हालसम्म ७१ जिल्ला र प्रतिष्ठान शाखाको अधिवेशन सम्पन्न भइसकेको अवस्थालाइ दृष्टिगत गर्दै बाँकी जिल्ला र प्रतिष्ठानलाइ आगामी भाद्र मसान्तसम्म अधिवेशन सम्पन्न गर्न निर्देशन दिदै बैठकले युनियनको केन्द्रीय सल्लाहकारमा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा.सुरेश आचार्य, युनियनका पूर्वकेन्द्रीय अध्यक्ष समीरजङ्ग शाह र वरिष्ठ पत्रकार कविर राणालाई मनोनयन गर्ने निर्णय गरेको प्राप्तसमाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।