शनिबार, बैशाख ८, २०८१

प्राधिकरणले थप गुणस्तरीय सेवा दिने मन्त्री पुनको प्रतिवद्धता

आगामी चार वर्ष भित्रमा देशका प्रत्येक घरधुरीमा बिजुली पुर्‍याउने प्राधिकरणको प्रतिबद्धता

काठमाडौं भाद्र १ , नेपाल विद्युत प्राधिकरणको ३४औँ वाषिकोत्सवका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले प्राधिकरण पछिल्लो ३ वर्षमा पाएको सफलतालाई गौरवका रुपमा लिँदै आगामी दिनमा प्राधिकरणलाइ अझ सफल संस्थाको रुपमा विकास गर्ने बताउँनु भएको छ ।

त्यस्तै उहाँले प्राधिकरण प्रस्तुत सफलताको पछाडि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, प्राधिकरण सञ्चालक समिति र सम्पूर्ण कर्मचारीको मेहनत रहेको बताउँदै आगामी दिनमा प्राधिकरणले थप गुणस्तरीय सेवा दिने बताउँनु भएको छ ।

त्यस्तै कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा ऊर्जा क्षेत्र रहेकाले प्राधिकरणले प्राप्त गरेको सफलतालाई अझै गुणात्मक बनाउनुपर्नेमा जोड दिनु भएको थियो । त्यस्तै मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले चालू आवको अन्त्यसम्म प्राधिकरणको केन्द्रीय प्रणालीमा थप एक हजार ३०० मेगावाटभन्दा बढी विद्युत् थप हुने भएकाले त्यसलाई व्यवस्थापन गर्ने नीति तथा कार्ययोजना बनाएर लागू गर्नुपर्ने बताउँदै यसको लागि प्राधिकरणलाई मन्त्रालयका तर्फबाट सवैप्रकारकार सहयोग हुने बताउनुभएको उक्त कार्यक्रममा विद्युत् नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंह आधिकारिक टे«ड युनियनका तर्फबाट रामेश्वर पौडेललगायतले वोल्नु भएको थियो ।

त्यस्तै वार्षिउत्सवको अवसरमा आयोजित कार्यक्रममा कार्यक्रममा लामो समयदेखि आर्थिक नोक्सानी व्यहोर्दै आएको प्राधिकरणले पछिल्लो ३ वर्षमा उल्लेख्य आर्थिक वृद्धि मुलुकको आर्थिक वृद्धिका लागि समेत सहयोगी भूमिकासमेत निर्वाह गर्न सफल भएको जानकारी दिईएको छ । छ । कार्यक्रममा गत वर्ष  उत्कृष्ट सेवा प्रदान गरेका कर्मचारी तथा शाखालाई सम्मान समेत गरिएको थियो ।

यसैवीच  प्राधिकरणले आव २०७५/७६ मा रु सात अर्ब २० करोड खुद नाफा आर्जन गर्न सफल भएको जानकारी दिदै प्राधिकरणले ने आगामी चार वर्ष भित्रमा देशका प्रत्येक घरधुरीमा बिजुली पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ ।  ३४औं वार्षिकोत्सवका अवसरमा आइतबार विद्युत् प्राधिकरणले आफ्ना गतिविधि सार्वजनिक गर्दै सरकारको मार्ग निर्देशनअनुरूप सन् २०२३ सम्ममा प्रत्येक घरधुरीमा विद्युत् सेवा पर्‍याउन देशभरि नै विद्युत् वितरण सञ्जाल विस्तारलाई व्यापक बनाइएको उल्लेख गरेको हो। मुलुकको दीर्घकालीन विद्युत् मागलाई दृष्टिगत गर्दै प्राधिकरणले १ हजार ६० मेगावाटको अपर अरुण र ६ सय ३५ मेगावाटको दूधकोसी जलविद्युत् आयोजनालाई प्राथमिकताका राखी निर्माण प्रक्रिया अघि बढाइएको प्राधिकरणले  जानकारी दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।