बिहिबार, चैत्र १५, २०८०

प्राकृतिक प्रकोपको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छ : प्रम ओली

 काठमाडौ साउन १७,  प्रधानमन्त्री केपी ओलीले बाढीपीडितका समस्या तत्कालीनभन्दा पनि दीर्घकालीन समाधानका लागि सरकारले योजना बनाइरहेको बताउँनु भएको छ ।

प्रदेश नं २ बाट प्रतिनिधित्व गर्ने सांसदसँग आज बालुवाटारमा छलफल गर्दै उहाँले प्राकृतिक प्रकोपबाट पीडितहरूको उचित व्यवस्थापनका लागि सरकार गम्भीर रहेको भन्दै वर्षेनी देशमा हुने यस समस्याबाट जनधनको क्षति न्यून गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउँनु भएको छ ।

साथै उहाँले राहातको केही कार्यक्रमसहित प्रदेश नं.२ को बाढीप्रभावित क्षेत्रको भ्रमण गर्ने तयारीमा रहेको बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।