शुक्रबार, चैत्र १६, २०८०

प्रम ओली आइतबार अपरान्ह मात्रै स्वदेश फर्कने

काठमाडौ साउन २४,  प्रधानमन्त्री केपी ओली आइतबार अपरान्हमात्रै स्वदेश फर्कने भएका छन ।

गत साउन १८ गते धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्यीय टोली सहित नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा जानु भएका प्रधानमन्त्री केपी ओलीको सिंगापुर बसाइ दुई दिन लम्बिएको हो ।

यसअघि प्रम ओली स्वास्थ्य परीक्षणपछि आज स्वदेश फर्कने कार्यक्रम रहेका थियो । तर स्वास्थ्य परीक्षण जारी रहेकोेले थप दुई सिंगापुरमै रहनुपर्नेभएसंगै उहाँ आइतबार अपरान्हमात्रै स्वदेश फर्कने कार्यक्रम बनेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।