शनिबार, बैशाख ८, २०८१

प्रकाशको नाममा बैंकमा खातामा पैसा रहेको प्रमाणित गर्न प्रचण्ड सचिवालयको चुनौती

काठमाडौ साउन २८,  नेकपाका अध्यक्ष प्रचण्डका पुत्र स्व प्रकाश दाहालको विदेशी वैंकमा २१ अर्ब रुपैयाँ रहेको समाचार प्रकाशनभएसंगै अध्यक्ष प्रचण्डको निजी सचिवालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै पुत्र स्व: प्रकाशको नाममा विदेशमा कुनै पनि बैंक खाता नरहेको जनाएको छ ।

त्यस्तै जारी विज्ञप्तिमा प्रकाशका नाममा विदेशी वैंकमा २१ अर्ब रुपैयाँ रहेको भन्ने जस्ता कपोकल्पित समाचार प्रकशन गर्दै गलत प्रचार गर्नेलाई कारबाही गर्न माग गर्दै बैंक खाता र पैसा देखाउन चुनौती समेत दिएका छन ।

साथै अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले जारी गरेको विज्ञप्तिमा प्रकाशको नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न हामी चुनौती  दिन्छौं । परिवर्तन विरोधी प्रतिगामी, प्रतिक्रान्तिकारी तत्वहरुका यस खालका कपोल्कल्पित भ्रामक प्रचारबाट भ्रमित नहुन आम पार्टी पङ्क्ति एवम् जनसमुदायमा हार्दिक अपील गर्दछौं भनिएको छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।