मङ्लबार, बैशाख ११, २०८१

पुडासैनी आत्माहत्या प्रकरणमा मुछिएका लामिछानेसहित ३ जनाविरुद्ध अभियोग पत्र दायर गरिने

काठमाडौं भाद्र ८ , पत्रकार शालिकराम पुडासैनी आत्माहत्या प्रकरणमा मुछिएका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई अदालतमा उपस्थित गराउँने भएको छ । हिरासत मै राखेर अनुसन्धान गर्न अदालतले दोस्रो पटक पुनः पाँच दिन थपेको म्याद आज सकिएसंगै उनिहरुलाइ आज अदालतमा उपस्थित गराउँन लगिएको हो ।

हाम्रन चितवनस्थित सहकर्मीका अनुसार लामिछानेसहित ३ जनाविरुद्ध सरकारी वकिलले आज अभियोग पत्र दायर गर्ने तयारी गरेको थाहा भएको  छ । स्मरण रहोस अभियोग पत्र दायरभएसंगै आजदेखि नै सरकारी वकिल र लामिछानेलगायतका वकिलबीच थुनछेक बहस सुरु हुने बताईएको छ । बहसपैरवीपछिमात्र पत्रकार शालिकराम पुडासैनी आत्माहत्या प्रकरणको छिनोफानो हुने भएके छ ।

आत्महत्या गर्नुअघि पत्रकार पुडासैनीले खिचेको एक भिडियोमा लामिछाने, कँडेल र कार्कीका कारण आफुले आत्माहत्या गर्न बाध्य भएको बताएसंगै मुलुकी अपराध संहिताको दुरुत्साहनअन्तर्गत कारबाही शुरु भएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।