बिहिबार, बैशाख १३, २०८१

पुडासैनी आत्महत्या प्रकरण: अपराध संहिताको दुरुत्साहनअन्तर्गत कारबाही गर्न माग गर्दै किटानी जाहेरी दर्ता

काठमाडौ भाद्र १, पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा छानबिनका लागि पक्राउ परेका रवि लामिछानेविरुद्ध पीडित परिवारले आज किटानी जाहेरी दिएको छ । मृतक पुडासैनीकी श्रीमती सम्झना घिमिरे पुडासैनी आफैं प्रहरीमा उपस्थित भएर किटानी जाहेरी दिएकी हुन् ।

पुडासैनीकी श्रीमती सम्झना घिमिरेले महानगरीय प्रहरी परिसर काठमाडौ मार्फत लामिछानेसहित सोही प्रकरणमा पक्राउ परेका सिधा कुरा जनतासँग नामको टेलिभिजन कार्यक्रममा कार्यरत युवराज कँडेल र स्टाफ नर्स ओखलढुंगाकी अस्मिता कार्कीविरुद्ध किटानी जाहेरीमा आफ्ना श्रीमानलाई लामिछाने, कँडेल र कार्कीले हत्याको बाटो रोज्न बाध्य पारेकाले उनीहरुमाथि मुलुकी अपराध संहिताको दुरुत्साहनअन्तर्गत कारबाही गर्न माग गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

पुडासैनीले आत्माहत्याअघि रेकर्ड गरेको भिडियोमा   लामिछाने सहित तीनजनाका कारण आफूले आत्महत्या गर्न बाध्य भएको   भिडियो केही दिनअघि सञ्चार माध्यममार्फत सार्वजनिक भएको थियो । त्यसलगत्तै प्रहरीले लामिछाने र कँडेललाई उनीहरु कार्यरत न्यूज २४ टेलिभिजनको कार्यालय पानीपोखरी र कार्कीलाई कलंकीबाट पक्राउ गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।