शुक्रबार, चैत्र १६, २०८०

पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाको जारीअनुसन्धानका लागि पुनः पाँच दिनको म्याद थप

काठमाडौं भाद्र ३ , जिल्ला अदालत चितवनका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजालासले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई हिरासतमै राखेर अनुसन्धान गर्न पुनः पाँच दिनको म्याद थपिएको छ ।

कार्यक्रम प्रस्तोता लामिछानेसहित युवराज कँडेल र रुकु भनिे अस्मिता कार्की विरुद्ध पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाको अन्र्तगत जारी अनुसन्धानका लागि यसअघिको प्राप्त म्याद सोमवार राती १२ बजेबाट सकिएसंगै प्रहरीले लामिछानेसहित तीन जनालाई दोस्रो पटक म्याद थपका लागि आज अदालतमा उपस्थित गराएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।