शुक्रबार, चैत्र १६, २०८०

पीडित जनतालाई राहत दिने क्रममा सरकारी संयन्त्र कमजोर भएको समितिको निष्कर्ष

प्रतिवेदनको अन्तिम प्रारुप तयार गर्न सासंद श्रेष्ठको संयोजकत्वमा ५सदस्यीय समिति

काठमाडौ साउन १८ , राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले वर्षेनी जनधनको क्षति हुने गरि आउँने बाढीपहिरो र डुबानको मुलत समस्या भनेको राई–मधेश क्षेत्रमा डुबान गर्न सीमा क्षेत्र नजिक भारतले बनाएको बाधँ संगै पहाडमा सडक खन्ने नाममा भएको अन्धाधुन्ध डोजरको प्रयोग र पहुँच र प्रभावका आधारमा निर्माण गरिएको तटबन्ध भएको निष्कर्षको पहिचान गरेको छ ।

राज्य व्यवस्था समितिका सदस्यको टोलीले बाढी र डुबानबाट प्रभावित प्रदेश नं–२ का आठ जिल्ला तथा भक्तपुर र काठमाडौंमा र केही साताअघि स्थलगत अनुुगमनको क्रममा यस किसिमको निष्कर्षको पहिचान गरेको हो ।

त्यस्तै समितिको शुक्रवारको बैठकमा प्रस्तुत प्रतिवेदनमा प्रभावित क्षेत्रमा विपदको समयमा सरकारी संयन्त्र प्रभावकारी रूपमा खटिए पनि राहत उपलब्ध गराउने पाटो कमजोर देखिएको जिकिर गर्दै पीडित जनतालाई राहतका नाममा गैरसरकारी संस्थाबाट उपलब्ध गराइएको भुुजा र चिउरामा नै सरकारी संयन्त्रसमेत रुमलिएको उल्लेख गरिएको छ ।  साथै बैठकले प्रस्तुत निष्कर्ष सहितको प्रतिवेदनलाई अन्तिमरूप दिन सासंद कृष्णगोपाल श्रेष्ठ संयोजक रहनुुभएको ५ सदस्यीय समिति गठन गरेको छ ।  बैठकमा अमरेश सिंह , जनार्दन शर्मा, तीर्था गौतम, मीना पाण्डे, नवराज सिलवाल, विजय सुुब्बा , लक्ष्मी चौधरी लगायतले धारणा राख्नु भएको थियो ।

त्यस्तै समितिको बैठकमा प्रस्तुत उक्त प्रतिवेदनलाई परिमार्जन सहित अन्तिमरुप दिन कृष्णगोपाल श्रेष्ठ संयोजक रहनुुभएको पाँच सदस्यीय समिति गठन समेत गरेको छ । गठित समितिमा यशोदा सुवेदी, प्रेम सुवाल, रामसहायप्रसाद यादव र दिलेन्द्रप्रसाद वडू रहनुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।