शुक्रबार, बैशाख १४, २०८१

पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडियो सार्वजनिक भएसंगै आत्महत्या प्रकरण नयाँ मोडमा

सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालक रवि लामिछाने र सोहि टेलिभिजनका कर्मचारी युवराज कँडेल र अस्मिता कार्की नामकी महिलाका कारण आत्महत्या गर्न बाध्य भएको भिडियोमा खुलासा

काठमाडौं साउन २९, गत २१ साउनमा चितवनको कंगारु होटलको कोठामा झुन्डिएर आत्महत्या गरेका नुवाकोटका पत्रकार सालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि बोलेको भिडियो सार्वजनिक भएको छ ।

 पत्रकार सालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको उक्त भिडियोमा आफुले आत्माहत्या गर्नु पर्नाको मुख्य कारण न्युज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालक रवि लामिछाने र सोहि टेलिभिजनका कर्मचारी युवराज कँडेल र अस्मिता कार्की नामकी महिलाका कारण आत्महत्या गर्न बाध्य भएको भिडियोमा खुलासा गरेका छन् । भिडियो सार्वजनकभएसंगै पुडासैनी आत्महत्याले गम्भीर मोड लिएको छ ।

त्यसो त पत्रकार पुडासैनीले भिडियोमा वोलेअनुरुप अब पीडित परिवारले किटानी जाहेरीदिए आत्महत्या गर्न बाध्य पार्नेलाई कारबाही हुने चितवन प्रहरी बताएका छन ।  साथै प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने, दीपक बोहोरा, युवराज र नर्स अस्मिता कार्कीमाथि प्रहरीले अनुसन्धान गर्ने जनाएका छन । भिडियो साभार: नेपाल आज 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।