शनिबार, बैशाख ८, २०८१

नेकपा सचिवालय बैठक आजपनि अनौपचारिकतामै सिमित, अर्को बैठक शुक्रबार

काठमाडौ साउन ३०, सत्तारुढदल नेकपाको आज बसेको सचिवालय बैठक नेपाल शुक्रबार ३ बजे बस्ने गरी टुङ्गिएको छ । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य प्रतिकूल रहेकाले आज अनौपचारिक रुपमा बैठक बसेको र शुक्रबार औपचारिक बैठक बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ ।

यसअघि दुई पटक स्थगित भएको नेकपा सचिवालय बैठक मुलत स्कुल विभागको सवालमा सहमति बन्न नसक्दा यो वा त्यो नाममा स्थगित हुने क्रमले प्रशय पाएको हो । प्राप्त जानकारी अनुसार विभागको नेतृत्वको लागि रक्षा मन्त्री ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल सहित पार्टी प्रवक्ता श्रेष्ठको दावी रहदै आएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।