बिहिबार, बैशाख १३, २०८१

दुइ फरक स्कुलिङको मर्मलाइ आत्मासात गर्दै अघि बढ्ने स्कुल विभाग प्रमुख पोखरेलको जिकिर

काठमाडौ भाद्र ७ , सत्तारुढ दल नेपाल नेकपाका स्कुल विभाग प्रमुख एवं कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले आज विधिवतरुपमा ललितपुरमा आयोजित एक कार्यक्रमकावीच स्कुल विभाग प्रमुखको कार्यभार ग्रहण गर्नु भएको छ ।

पदभार ग्रहण कार्यक्रममा वोल्दै उहाँले पार्टीको संस्थागत निर्णय अनुरुप आफुले संगठनको चुस्ताका लागि कायम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको छ।

साथै उहाँले विचार, संगठन र नेतृत्वका विषयमा विभागले विशेष रणनितिीका यर्काक्रमको कार्यान्वयनमा विशेष जोड दिदै पार्टी एकता पछिको दुइ फरक स्कुलिङको मर्मलाइ आत्मासात गर्दै अघि बढ्ने बताउँनु भएको छ ।

तत्कालीन स्कूल विभागको प्रमुख समेत रहेका प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि विदेशमा रहनुभएका कारण तत्कालीन उपप्रमुख शंकर पोखरेलले विभागको नेतृत्व नेता पोखरेललाई शनिबार हस्तान्तरण गर्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।