बिहिबार, बैशाख १३, २०८१

त्रिशुली बस दुर्घटना: खोजी र उद्धारको कार्यलाई तीव्रता दिन काँग्रेसको आग्रह

काठमाडौं साउन २४, नेपाली काँग्रेसले आज त्रिशुली नदीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । सर्लाहीबाट काठमाडौ आउँदै गरेको ना६ख ७४६९ नम्बरको रात्रिबस त्रिशुली नदीमा खस्दा ७ जनाको मृत्यु हुनाका साथै २२जना यात्रु बेपत्ता भएको घटनाप्रति समेत चिन्ता व्यक्त गरेको छ ।

त्यस्तै काँग्रेस सभापति शेरबहादुर देउवाले दुर्घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुको अलावा  बेपत्ता भएका यात्रुको तत्काल खोजी र उद्धारको कार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गर्नुभएको जारी उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।