शुक्रबार, चैत्र १६, २०८०

ट्राफिक महाशाखाको गाडीले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

काठमाडौ साउन २९,  महानगरीय ट्राफिक प्रहरी महाशाखाको गाडीले ठक्कर दिँदा कोटेश्वरमा एक पैदल यात्रुको मृत्यु भएको छ ।

प्राप्त जानकारी अनुसार महाशाखाबाट मंगलबार राति ड्युटीमा गएका ट्राफिक प्रहरी चढेको बा १ झ ७८६६ नम्बरको गाडीले ती व्यक्तिलाई कोटेश्वर चोकनजिक ठक्कर दिँदा नाम परिचय नखुलेका एकजना पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।

प्रहरीले उनलाई उपचारका लागि ट्रमा सेन्टर ल्याएको र उपचारको क्रममा चिकित्सकहरुले बुधबार बिहान ९ बजे उनलाई मृत घोषणा गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  प्रहरी वृत्त बानेश्वरले चालक र गाडी नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको डीएसपी होविन्द्र बोगटीले जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।