बिहिबार, बैशाख १३, २०८१

टुङ्गियो नेकपा केन्द्रीय विभागको नेतृत्व ,बहुचर्चित स्कूल विभागको जिम्मा पोखरेललाइ

काठमाडौ साउन ३१,  सत्तारुढदल नेकपाको प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न सपभवालय बैठकले विभिन्न ३३ केन्द्रीय विभागको नेतृत्वको जिम्मेवारी बाँडफाँड तथा ७ वटै प्रदेशमा दुईरदुईजना सहइन्चार्ज समेत थप गर्ने निर्णय गरेको छ ।

जसअनुसार बैठकले बहुचर्चित स्कूल विभागको नेतृत्वमा सचिवालय सदस्य ईश्वर पोखरेल विदेश विभागको नेतृत्वमा वरिष्ठ नेता माधवकुमार नेपाल, नीति अध्ययन प्रतिष्ठान विभागको नेतृत्वमा नेता झलनाथ खनाल र अर्थ तथा योजना विभाग प्रमुखको नेतृत्वको जिम्मा  सुरेन्द्रप्रसाद पाण्डेलाइ दिएको  छ  ।

त्यस्तै  सङ्गठन विभागको नेतृत्वमा वामदेव गौतम र प्रचार विभागको नेतृत्वमा पार्टी प्रवक्ता एवम यसअघि स्कूल विभागको दावी गर्दै आएका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ,निर्वान विभागको नेतृत्वमा प्रदिप ज्ञवाली, युवा तथा खेदकुद विभागको नेतृत्वमा टोपबहादुर रायमाझि र श्रम तथा रोजगार विभागको नेतृत्वमा गोकर्ण विष्टलाइ जिम्मेवारी दिईएको छ।

यस्तो छ विभागीय नेतृत्व बाँडफाँड तालिका :

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।