बुधबार, बैशाख १२, २०८१

क्यान्सर अस्पतालको आर्थिक अनियमितता छानबिनका लागि ३ सदस्यीय समिति गठन

काठमाडौं भाद्र १ , भक्तपुर क्यान्सर अस्पतालमा व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रबहादुर श्रेष्ठ र महासचिव विमलकुमार होडाको मिलेमतोमा चरमरुपमा आर्थिक अनियमितता भएको जनगुनासो बढेपछि भनपाले पुरानो समिति खारेज गरी नयाँ समिति गठन गरेसंगै अस्पतालभित्रका अनियमितता छानबिनका लागि नयाँ समितिले वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वको संयोजकत्वमा लेखा परीक्षक कृष्णगोविन्द लाखा र अधिवक्ता अनिता जधारी सदस्य रहने समिति गठन गरिएको छ ।

अस्पतालमा भएको आर्थिक अनियमितताको सत्यतथ्य सार्वजनिक गर्न नवगठित भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिको आज बसेको पहिलो बैठकले प्रस्तुत समिति गठन गरेको हो ।

त्यस्तै बैठकले अस्पताललाई व्यवस्थित एवं जनउत्तरदायी रुपमा सञ्चालन गर्नुको अलावा कम शुल्कमा बिरामीको गुणस्तरीय उपचार सेवा प्रवाह गर्ने प्रतिवद्धता सहित अस्पतालमा कार्यरत ९ जना कर्मचारीलाई नियमावलीअनुसार स्थायी नियुक्ति गर्ने बैठकले निर्णय गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।