शनिबार, बैशाख ८, २०८१

कीर्ते बैंक ग्यारेन्टी मुद्धामा कर्णाली प्रदेशका मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश

काठमाडौ साउन २९ ,उच्च अदालत पाटनले कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्रीलाई पक्राउ गर्न आदेश जारी गरेको छ । अदालतको वाणिज्य इजलासले मन्त्री खत्रीसहित ५ जनाले रु १ करोड १० लाख ८० हजारको कीर्ते बैंक ग्यारेन्टी गरेको उल्लेख गर्दै पक्राउ गर्न आदेश दिएको उच्च अदालतले जनाएको छ ।

त्यस्तै उच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको इजलासले कीर्ते बैंक ग्यारेन्टी बनाएर जिल्ला प्राविधिक कार्यालय भोजपुरमा कृषि विकास बैंक भोजपुरबाट कीर्ते बैंक ग्यारेन्टी पेश गरेको देखिएको जनाउँदै मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश जारी गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।