बिहिबार, बैशाख १३, २०८१

काङ्ग्रेस नेता लेखकलाई पितृशोक

काठमाडौं भाद्र ७, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलाई पितृशोक परेको छ । काङ्ग्रेस नेता लेखकका बुबा डा प्रयागदत्त लेखकको ८९ वर्षको उमेरमा शुक्रबार राति उपचारका क्रममा नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको हो ।

त्यस्तै पारिवारिकस्रोतबाट प्राप्त  जानकारी अनुसार स्व लेखकको पार्थिव शरीरलाई आज बिहान नैकापस्थित निजी निवासमा श्रद्धाञ्जलिका लागि राखिने र त्यपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।