बिहिबार, बैशाख १३, २०८१

कांग्रेस जिल्ला सभापतिहरुले भने -पार्टीलाइ समयसापेक्ष बनाउँन नेतृत्व परिवर्तन आवश्यक

सचिव विष्टमाथि भएको आक्रमणको भत्सर्ना

काठमाडौ साउन २८, राजधानीमा उपलब्ध कांग्रेसका ६१ जिल्ला सभापतिहरुको छलफलले आगामी महाधिबेशनबाट पार्टीको नेतृत्व परिवर्तन गर्न ऐक्यबद्दता जनाएका छन ।

पार्टीलाइ समयसापेक्ष बनाउँन नेतृत्व परिवर्तन आवश्यक भएको निष्कर्ष सहित पछिल्लो समय जनतामाझ खस्केको काँग्रेसको आकर्षण लाइ जिवन्त बनाउँन सभापति भेलााले प्रस्तुत निष्कर्षको पहिचान गरेको प्राप्त् समाचारमा उल्लेख गरिएको छ ।

केन्द्रीय नेतृत्व वृतबाट कांग्रेस बरीष्ठ नेता रामचन्द्र पौडेल् , महामन्त्री डा शशाङ्क कोइराला ,कोषाध्यक्ष सितदोबी यादब् ,र शेखर कोइराला,बलबहादुर केसी लगायत दुइ दर्जन भन्दा बढि सदस्यको समेत उपस्थित रहेको बताईएको छ ।

 त्यस्तै प्राप्त समाचारमा उल्लेखभएअनुसार आजको छलफल कार्यक्रममा जिल्ला सभापतिहरु क्रमस    लिलादेवी बोखिम– ताप्लेजुङ्ग ,२- नरेन्द्र कुमार केरुङ्ग – पाँचथर ,३-हिमालय कर्माचार्य – इलाम ,४- उद्धव थापा – झापा,५- दिपन कुमार श्रेष्ठ – संखुवासभा,६- गोविन्द ढुङ्गाना– तेह्रथुम,७- नन्दमणी राई–भोजपुर,८- अग्नि प्रसाद पौडेल–धनकुटा,९- डिक बहादुर लिम्बु – मोरङ्ग,१०- राजिव कोइराला–, सुनसरी,११- बिनोद कुमार बस्नेत– सोलुखुम्बु,१२- नरेश कुमार श्रेष्ठ – खोटाङ्ग, १३- बिदुर बस्नेत – उदयपुर,१४- रामचन्द्र यादव – सिराहा,१५- अजय कुमार द्विवेदी – पर्सा,१६- रुद्र बहादुर खड्का – दोलखा,१७- लवश्री न्यौपाने –, रामेछाप,१८- उज्जल प्रसाद बराल – सिन्धुली १९- विकास लामा –सिन्धुपाल्चोक,२०- मधु आचार्य – काभ्रेपलान्चोक,२१-मदन बहादुर अमात्य – ललितपुर,२२-  सवुज  बानिया – काठमाण्डौ
२३- जगदिश्वर नरसिंह केसी, – नुवाकोट,२४- पेम्बा छिरिङ्ग तामाङ्ग – रसुवा,२५- रमेश धमला – धदिङ्ग,२६- जित नारायण श्रेष्ठ – चितवन,२७- हरि बहादुर घले – गोरखा,२८- भेष बहादुर पौडेल – लम्जुङ्ग,२९- महेन्द्र कुमार राय,३०- कृष्ण केसी –,कास्की,३१- याङ्गजिङ्ग विष्ट – मुस्ताङ्ग,३२- खम्बहादुर गर्बुजा खम्बिर – म्याग्दी,३३- दिपेन्द्र बहादुर थापा – बाग्लुङ्ग,३४- बालकृष्ण घिमिरे –परासी,३५- भुवन प्रसाद श्रेष्ठ – गुल्मी,३६- विर बहादुर राण – पाल्पा,३८- बिष्णु प्रसाद खनाल मुस्कान –अर्घाखाँची,३९- विष्णु लामिछाने – नवलपुर,४०– सुरेन्द्र राज आचार्य – कपिलवस्तु,४१- अमर सिंह पुन – रोल्पा,४२- अमर प्रसाद भण्डारी – प्यूठान,४३- गणेश चन्द –, सल्यान,४४- किर्ति बहादुर खड्का –, दाङ्ग,४५- किरण कोइराला – बाँके,४६- सञ्जय गौतम – बर्दिया,४७- केशरमान रोका – रुकुम पुर्व,४८- अंगत कुमार बुढा –डोल्पा,४९- खड्ग,बहादुर शाही – मुगु, ५०- दिपक बहादुर शाही,–, जुम्ला,५१- हर्ष बहादुर बम –कालिकोट,५२- जयन्ती रोकाय – हुम्ला, ५३- दिपक जंग शाह – जाजरकोट,५४- प्रेम प्रकाश वली – रुकुम पश्चिम,५५- कृष्ण कुमार वि.सि – दैलेख,५६- कमलराज रेग्मी – सुर्खेत,५७- भरत बहादुर स्वार – अछाम,५८- हर्क जंग बहादुर सिंह –, बझाङ,५९- ललित सिंह बोहोरा – दार्चुला,६०- नरेन्द्र सिंह थापा – बैतडी,६१- कर्ण बहादुर मल्ल – डडेल्धुरा को उपस्थिती रहेको  थाहा भएको छ ।

यसैवीच  आजै नेपाली काङ्ग्रेसका काङ्ग्रेसका ६१ जिल्लाका सभापतिले आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै केही दिन अघि डडेल्धुरास्थित पार्टी कार्यालयमा अज्ञात समूहले कार्यालय तोडफोड गर्नुका साथै सचिव रामबहादुर विष्टलाई आक्रमण गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आक्रमणको भन्सर्ना गरेका छन् ।

त्यस्तै जारी विज्ञप्तिमा कार्यालयमा बसिरहेको अवस्थामा सचिव विष्टलाई आक्रमण गर्नु तथा राज्यले घाइते विष्टविरुद्ध उल्टै अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गर्नु कानूनी राज्यको सिद्धान्त विपरीत भएको उल्लेख गर्दै पीडितविरुद्ध उल्टै मुद्दा दर्ता गर्नु कानून विपरीत रहेको सहित काङ्ग्रेस जिल्ला सभापतिहरुले यस्ता प्रकारका घटनाको भत्र्सना गरेको हो ।  त्यस्तै विज्ञप्तिमा घटनामा संल्गन आक्रमणकारीको पहिचान गरि कारवाही गर्न र आगामी दिनमा यस्ता घटना हुन नदिन सरकारसँग माग गरेका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।