बुधबार, बैशाख १२, २०८१

काँग्रेस नेता सिंहको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौ साउन २१ , नेपाली काङ्ग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह अस्पताल भर्ना हुनु भएको छ मधुमेह र ज्वरो बढ्नुका साथै पिसाबमा सङक्रमण देखिएपछि नेता सिंह आज मेडिसिटी अस्पतालमा उपचारका भर्ना हुनु भएको हो ।

यसैवीच नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले केन्द्रीय सदस्य तथा पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई भेटेर सिंहको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

मेडिसिटी अस्पताल उपचारार्थ भर्ना हुनुभएका सिंहलाई आजै दिउँसो अस्पतालमा पुगेर उपसभापति निधिले स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो । अहिले नेता सिंहको स्वास्थ्यमा क्रमिक सुधार आउँने क्रममा रहेको बुताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।