मङ्लबार, बैशाख ४, २०८१

कजलिष्ट’ प्रकाशित भएपछि मोबाइल स्विचअफ गर्न निर्देशन

काठमाडौ साउन २१ , उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीले मुद्दाको ‘कजलिष्ट’ प्रकाशित भएपछि न्यायाधीश तथा कर्मचारीले मोबाइल मोबाइल स्विचअफ गर्न निर्देशन दिनुभएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले न्यायपालिकाभित्र विद्यमान विकृति विसङ्गति हटाउन आवश्यक निर्णय गर्न सबै तहका अदालतलाई गरेको परिपत्र अनुरुप कुनैपनि किसिमका विकृति विसङ्गतिबाट अदालतलाइ अक्षुण्ण राख्न यस किसिमको निर्देशन दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

साथै उहाँले कजलिष्ट निस्केपछि आवश्यक कर्मचारीबाहेक न्यायाधीशको चेम्बरमा समेत नजान निर्देशन दिदै कर्मचारीहरुलाइ पूरा समय अदालतमा बस्न र पुराना मुद्दालाई घटाउन समेत निर्देशन दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु