शुक्रबार, बैशाख ७, २०८१

औषधि व्यवस्था विभागका जिम्मेवार कर्मचारीको बढ्दो अराजक शैलीको दवदवा

  • तत्कालिन महानिर्देशक ढकालले प्रयोग गर्दै आएको गाडिको चावी यसरी लियो नियन्त्रणमा

  • विभागीय अधिकारीले भने- नियमनका लागि विभागसंग गाडि नभएकै कारण गाडि फिर्ता गराउँन खोजेको हो

 

काठमाडौं साउन २०, मुलकको औषधि जगतको नियमन गर्ने नियमक निकाय औषधि व्यवस्था विभागमा पछिल्लो समय नियमनका कामकारवाही भन्दा त्यहाँ कार्यरत कर्मचारीहरुमा अराजकताको दवदवा देखिन थालेको समाचार प्राप्त भएको छ ।

 पछिल्लो समयमा विभागममा  कर्मचारीको समायोजनको क्रममा तत्कालिन  ११ औ तहका महानिर्देशक नारायण प्रसाद ढकाललाइ विभागका महानिर्देशकको जिम्मेवारीबाट राष्ट्रिय औषधि प्रयोगशालाको प्रमुखको रुपमा समायोजना गर्दै विभागको महानिर्देशकको जिम्मेवारीमा यसअघि विभागका वरिष्ठ औषधि व्यवस्थापक एवम् दर्ता महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका १० ‌औं तहका वरिष्ठ कर्मचारी पान वहादुर क्षेत्रीलाइ निमित्त महानिर्देशकको जिम्मेवारी दिएसंगै विभागका कर्मचारीमा यस सिसिमको विकासन्मुख गुण्डा शैलीको अराजकता देखिन थालेको विभाग सम्वद्ध स्रोतले जनाएको छ ।

समाचार स्रोतका अनुसार यस अघि विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका तत्कालीन महानिर्देशक तथा नेपाल सरकारका ११औं तहका अधिकृत ढकालले सरकारी सुविधा अन्र्तगत प्राप्त गर्दै आएको गाडि सुविधमामा विभागमा वरिष्ठ औषधि व्यवस्थापकको जिम्मेवारीमा रहेका भरत भटटराइले गाडि चालकसंग विभाग परिसरबाटै गाडिको चावी खोसेको बुझिएको छ ।

निमित्त विभागीय महानिर्देशको जिम्मेवारीमा रहेका पान बहादुर क्षेत्री संग सम्पर्क गर्दा उहाँले विभागको आन्तरिक   यी र यस्ता स-साना कुरामा अल्झिने काम नर्गन आग्रह गर्दै विभागलाइ चुस्त दुरुस्त बनाउँन सहयोग गर्न आग्रह  गर्दै प्रस्तुत विषयमा   प्रतिक्रिया दिन आवश्यक नभएको बताए ।

यद्यपी यस विषयमा हामीले विभागका प्रशासकीय अधिकृत नविन मैनालीलाइ टेलिफोन सम्पर्क गर्दै प्रस्तुत गाडि प्रकरणको सवालमा यथार्थ प्रतिक्रिया माग्दा  उहाँले भने-  विभागका निमित्त महानिर्देश सहितको विभागीय छलफलको क्रममा निरीक्षण महाशाखाकाका प्रमसख समेत रहेका भरत भटटराइले औषधिको नियमन र अनुगमनका लागि गाडि नभएको बताएसंगै यसअघि विभागका महानिर्देशकको हैसियतम नारायण ढकालले प्रयोग गर्दै आएको बा २ झ ३६२८को गाडि उहाँ विभागीय महानिर्देशक समेत नरहेको अवस्थमा उहाँलाइ दिइरहनु आवश्यक नरहेको भन्ने आन्तरिक छलफल पछि ढकालका चालक विभागमा गाडि लिएर कामकै क्रममा आएको समयमा यसअघि भएको आन्तरिक छलफल अनुरुप गाडिको चावी खोसेको होइन सहज रुपमा माग्ने काम  भएको बताए ।

साथै अधिकृत मैनालीले विभागसंग भएको गाडि मध्ये एउटा गाडि  वहालवाल   नि.महानिर्देशक पान बहादुर क्षेत्रीले प्रयोग गर्दै आएका छन भने अर्को एउटा गाडिको अवस्था राम्रो नभएका कारण प्रयोग गर्न नमिल्ने अवस्थामा रहेको र बाँकी  अर्को  गाडि तत्कालीन महानिर्देशक ढकालले आफ्नो प्रयोगका लागि लगेका कारण विभागसंग गाडि नभएकै कारण विगत एक महिना देखि औषधि नियमन र अनुगमनको कामकारवाही पूर्णत थप्प भएको अवस्थालाइ समेत दृष्टिगट गर्दै गाडि फिर्तागर्न भन्दैगर्दा केहिसिप नलागेपछि विभागको सम्पति विभागगमै नभएको मान्छेलाइ उपयोग गर्न दिनु एकातर्फ आफैमा सरकारी सम्पतिको दुरुपयोग र अर्को तर्फ विभागको नियमनको लागि भएको गाडिको अभावका कारण कारण विभागले गाडि फिर्ता गराउँने क्रममा गाडिको चावी लिने काम भएको बताए ।

 त्यस्तै अधिकृत मैनालीले भने-  मिति २०७६ असार १३ को नेपाल सरकारको निर्णय अनुरुप   नारायण   ढकाल   विभागको महानिर्देशक नरहेको र उहाँलाइ विभागले गाडि दिइरहनु पर्छ भन्ने कुनै निगिगत निर्णय समेत नभएको अवस्थामा गत शुक्रवार तत्कालीन महानिर्देशक ढकालले प्रयोग गर्दै आएको गाडिको चावी लिने काम भएको बताए ।

यसै प्रसंगमा अहिले गाडि काँहा छ त ?   भन्ने हाम्रो अर्को जिज्ञासमा उहाँले भने विहिवार विभागीय  आन्तरिक छलफल  अनुरुप शुक्रवार विभागमा ढकालले प्रयोग गर्दै आएको आउँदा आउँदा गाडि चालकसंग चावी लिएपनि पछिल्लो समय मन्त्रालयको आदेशानुसार गाडि मन्त्रालय पठाउँने काम भएको भन्दै गर्दा  गाडि मन्त्रलाय पठाउँदा औषधि नियमको काम प्रभावित भएन त भन्दा उहाँले भने मन्त्रालयले मागे पछि विभागको काम प्रभावित भएपनि गाडि   पठाएको बताए ।

स्मरण रहोस:  विभाग सम्वद्ध स्रोतका अनुसार हामीलाइ प्राप्त अर्को  सूचना अनुसार पूर्वाग्रही ढंगबाट तत्कालीन महानिर्देशक ढकालले प्रयोग गर्दै आएको गाडि विभागीय उच्चधिकारीले नियन्त्रणमा लिने काम भएको र पछि मन्त्रालयका  सचिव  राम प्रसाद थपलियाको ठाडो निर्देशन पछि गाडि मन्त्रालय पठाएको बुझिएको छ । औषधि व्यवस्था विभागका एकाध जिम्मेवार कर्मचारी तत्कालीन महानिर्देशक ढकालविरुद्ध पछिल्लो समय विष वमन गर्न कूनैपनि किसिमको हरकत गर्न हौसिएको बताइन्छ । समाचार स्रोतका अनुसार विभागका जिम्मेवार पदमा रहेका केहि अधिकृतस्तरका कर्मचारीको मिलोमतो रहेको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साथै प्रस्तुत प्रसंगमा थप प्रष्टिकरणका लागि निमित्त विभागीय महानिर्देशको जिम्मेवारीमा रहेका पान बहादुर क्षेत्री संग सम्पर्क गर्दा उहाँले विभागको आन्तरिक   यी र यस्ता स-साना कुरामा अल्झिने काम नर्गन आग्रह गर्दै विभागलाइ चुस्त दुरुस्त बनाउँन सहयोग गर्न आग्रह  गर्दै प्रस्तुत विषयमा   प्रतिक्रिया दिन आवश्यक नभएको बताए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु