बिहिबार, चैत्र १५, २०८०

आसन्न उपचुनावमा काँग्रेसलाइ जिताउँन पार्टी सभापति देउवाको आह्वान

काठमाडौं साउन ३१ , काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आज आयोजना गरेको महाधिवेशन प्रतिनिधिको गण्डकी प्रदेशस्तरीय दुइ दिने प्रशिक्षण कार्यक्रमलाइ सम्बोधन गर्दै पार्टी सभापति शेरबहादुर देउवाले आगामी मङ्सिरमा हुने उपचुनाव काँग्रेसलाइ जिताएर पार्टी एकताको शुरुआत गर्न पार्टी पङ्क्तिलाई आह्वान गर्नुभएको छ ।

त्यस्तै कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली जनताले नेपाली जनताले भरोसाको केन्द्र खोजेको बताउँदै जनताको यो चाहनालाई काँग्रेसले पूरा गर्नुपर्नेमा जोड दिदै पार्टीमा मौलाउँदो गुटबन्दी अन्त्यका लागि व्यक्ति होइन पार्टीको घmण्डा र चुनाव चिन्ह रुख हेर्न कार्यकर्तालाई आग्रह गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री तारानाथ रानाभाट, कमला पन्त प्रष्ठिानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहाललगायतले  पार्टीको भूमिका सशक्त हुनुपर्ने बताउँदै आसन्न उपनिर्वाचनमा पार्टीलाई सशक्त रुपमा परिचालन गर्दै विजय हासिल गर्नेतर्फ उन्मुख हुनुपर्नेमा जोड दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।