शुक्रबार, बैशाख ७, २०८१

आज बस्ने भनिएको नेकपा सचिवालय बैठक बुधबारका लागि सर्यो

काठमाडौ साउन २८, सत्तारुढदल नेकपाको आज बस्ने भनिएको सचिवालय बैठक बुधबारका लागि सारिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली सिङ्गापुरबाट उपचार गरेर फर्केलगतै आज बैठक बस्ने भनिए पनि बैठकका लागि आवश्यक तयारी नपुगेको भन्दै आजको बैठक स्थगन गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार बुधवार अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने र बैठकले यसअघिका सहमति हुन नसकेको स्कूल विभाग, पोलिटब्युरो गठन, केन्द्रीय कमिटीको कार्यविभाजन, जनवर्गीय सङ्गठनको कमिटी राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार समितिको गठन लगायतका विषयमा नितिगत छलफल सहित निर्णय गर्ने तयारी रहेको बताएका छन ।

यसअघि अन्य विभागको नेतृत्वको सवालमा नितिगत निर्णय हुन नसक्दा पटकपटक नेकपाको सचिवालय बैठक पटक पटक स्थगन हुने क्रमले निरन्तरता पाउँदै आएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु