बुधबार, बैशाख ५, २०८१

आजवाट एकमहिने गुँला पर्व सुरु

काठमाडौं साउन १७ , आजबाट काठमाडौं उपत्यकाका नेवार समुदायले मनाउँने गुँला पर्व शुरु भएको छ । विशेषगरी उपत्यकाका नेवार समुदायले मनाउँने यो पर्वमा सर्वेभवन्तु सुखिन, सर्वे सन्तु निरमया सर्वेभद्राणी पश्यन्तु मा कस्चिद दु:ख भाग्जन भन्ने मुलमर्मलाई आत्मासात गर्दै यो पर्व बौद्ध धर्मावलम्बीले एक महिनासम्म चैत्यको बाजागाजासहित स्वयम्भू महाचैत्य परिक्रमा गर्ने प्रचलन रहिआएको छ ।

त्यस्तै प्रस्तुत पर्वको सम्बन्ध्मा भाषा वंशावलीका अनुसार राजा विक्रम देवले बौद्ध अनुयायीका लागि साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म गुँला धर्मको परम्परा चलाएको उल्लेख गरिएको सम्वद्ध विज्ञहरुले बताएका छन ।

त्यस्तै यस अवधिमा काठमाडौंको असनमा बहिद्यः प्रदर्शन गर्नुको अलावा थँहितीमा अवस्थित स्वर्णाक्षर अवलोकन, पञ्चदान पर्वलगायत दैनिक बज्रयानी बुद्धधर्मअनुसारको पूजाविधि  गर्ने  परम्परा रहिआएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु