बिहिबार, बैशाख १३, २०८१

अन्तर्राष्ट्रिय युवा दिवस: युवाको महत्वलाई सम्बोधन गर्न नसकेको सरोकारवालाको गुनासो

Multicolor abstract young happy people with ribbon and stars background. Concept for international youth day celebrations. Greeting card, banner, flyer, poster design.

काठमाडौ साउन २७,  आज विश्वभर ‘शिक्षामा रुपान्तरण र नेपालमा शिक्षामा रुपान्तरण ः उद्यमशिलता र नवप्रवर्तन’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस २०७६ मनाइदै छ । युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्र संघले सन् १९९९ देखि हरेक वर्षको अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रुपमा मनाउने निर्णय गरेअनुरुप नेपालमा सन् २००४ देखि युवा दिवस मनाउन लागिएको हो ।

देश विकासको महत्वपूर्ण एवम आधारस्तम्भ युवा शक्ति भएपनि नेपाललमा युवा जनशक्तिको महत्वलाइलाइ सकारात्मक कार्यान्वयन गर्न नसक्दा ४० लाख युवा विदेशमा श्रम बेच्न बाध्य भएकमो अवस्थाकावीच मनाउँदै गरेको युवा दिवसले खासै प्रभाव पार्न सकेको अवस्था देखिदैन ।

यद्यपी नेपालमा युवाशक्ति पहिचानका लागि झिनोरुपमा भएको प्रयास अन्र्तगत सरकारले नेपाललाई सन् २०२५ सम्म दु्रत विकासशील राष्ट्रमा पु-याउन शिक्षालाई गुणस्तरीय, व्यावसायिक र रोजगारमूलक बनाउँदै सम्पूर्ण युवाको पहँुच सुनिश्चित गर्नका लागि ‘युथभिजन २०२५ सहित दश वर्षे रणनीतिक योजना’ ल्याएको छ ।

यसैगरी युवालाई स्वरोजगार बनाउनका लागि युवा तथा साना लगानी स्वरोजगार बोर्ड गठन गरेको छ । त्यस्तै युवाका मुद्दाको सम्बोधनका विसं २०६५ मा सरकारले युवा तथा खेलकूद मन्त्रालय राष्ट्रिय युवा नीति २०७२ मा युवा विकासका व्यापक विषय वस्तुलाई नीतिगत रूपमा समावेश गर्दै राष्ट्रिय युवा परिषद् ऐनमार्फत जिल्ला तहसम्म परिषद् गठन गर्दै युवाका क्षेत्रमा केहि कार्यारम्भको शुरुवात गर्दैगर्दा पनि वास्तविक युवालाई समेट्न नसकेको सरोकारवालाहरु बताउँछन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।