शनिबार, बैशाख ८, २०८१

अनुदानको रासायनिक मलमा आर्थिक अनियमिता बढेसंगै अव विक्री वितरणको जिम्मा स्थानीय सरकारलाई

काठमाडौं साउन २४, सरकारको तर्फबाट उपलब्ध गराउँदै आएको  अनुदानको रासायनिक युरिया र मल प्रतिकेजी रु १४ पर्दा एक बोराको मूल्य ७०० र डिएपी प्रतिकेजी रु ४२ पर्दा एकबोराको मूल्य रु २ हजार १०० मा किसानले पाउनुपर्नेमा सहकारीले युरिया रु दुई हजार ५०० र डिएपी रु छ हजार २०० सम्ममा बिक्री गर्ने गरेको खुलासा भएसंगै मल बिक्री वितरण गर्ने जिम्मा अव स्थानीय निकायले पाउँने भएको छ ।

संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा अनुदानको मलमा व्यापक अनियमितता भएको आवाज उठेसंगै कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले आगामी वर्षदेखि अनुदानको मल बिक्री वितरण गर्ने जिम्मा स्थानीय निकायमार्फत गरिने जानकारी दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै प्राप्त समाचारमा उल्लेखभए अनुसार मुलकमा रासायनिक मलको कूल खपठ ७ लाख मेट्रिक टनभए पनि यस वर्ष तीन लाख २७ हजार मेट्रिक टन मात्र मल आयात भएकैकारण सबै किसानले सजिलैसँग अनुदानको मल प्राप्त गर्न नसकेको त्यसमाथि पनि मल खरिद विक्रीमा हुने गरेको आर्थिक अनियमितिाको पक्षलाइ दृष्टिगत गर्दै सरकारले विक्री वितरणको जिम्मा स्थानीय तहलाइ दिन लागेको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।